प्रदेश नम्बर १ नमुना प्रदेश बनाऊँ छौँ : मुख्यमन्त्री राई


२६ फाल्गुन २०७४, शनिबार
sherdhan rai

काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यो प्रदेशलाई नमुना प्रदेशको रूपमा विकास गर्ने बताएका छन् । शनिवार रिपोटर्स क्लबले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राईले भ्रष्टाचार, दण्डहिनता र आपराधिक क्रियाकलापको अन्त्य गर्दै प्रदेश नं १ लाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

sherdhan rai
फाइल तस्बिर

‘प्रदेश नं १ मा ठूला÷ठूला उद्योग, कलकारखाना स्थापना गर्न सकिन्छ, आयोजना सञ्चालन गर्न सकिन्छ, त्यसबारे गम्भीर रूपमा छलफल गरेर अगाडि बढनुपर्ने हुन्छ’ मुख्यमन्त्री राईले भने ।

उनले नीति तथा कार्यक्रम ल्याउनुभन्दा पहिला जनताको भावनाअनुरूप सबैको सल्लाह र सुझावको आधारमा प्रदेश नं १ को स्थायी राजधानी र नामाकरण गरिने बताउँदै मिडियालाई कुनै पनि बहानामा अंकुश लगाउन नहुने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७