दिल्लीलाई हराउँदै चेन्नई आईपीएल फाइनलमा


२५ आश्विन २०७८, सोमबार

काठमाडौं, २५ असोज । चेन्नई सुपर किंग्स इण्डियन्स प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई आईपीएलको फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १७३ रनको लक्ष्य चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको हो । चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ६३ रन बनाए भने रुतुराज गायकवाडले ७० रन बनाए । त्यस्तै मोइन अलीले १६ र कप्तान महेन्द्रसिंह धोनीले ६ बलमा अविजित १८ रन बनाए ।

दिल्लीका बलर टम कुरानले ३ तथा एनरिच नोर्त्जे र आभेश खानले एक-एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शाले ६० रन तथा कप्तान ऋषव पन्तले अविजित ५१ रन बनाए । यसैगरी शिमरोन हेटमायरले ३७ रन तथा अक्सर पटेलले १० रन बनाए । यस्तै चेन्नईका बलर जोस हजेलवुडले २ विकेटतथा रवीन्द्र जडेजा, मोईन अल्ली र डवाने ब्राभोले एक-एक विकेट लिएका थिए ।

पराजित दिल्लीलाई दोस्रो क्वालिफायर खेल्न मौका छ । जसअनुसार उसले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७