घुस रकमसहित वड़ा अध्यक्ष पक्राउ


२५ आश्विन २०७८, सोमबार

महोत्तरी, २५ असोज । महोत्तरीको मटिहानी नगरपालिकामा एक वड़ा अध्यक्षसहित दुई जनालाई १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धानआयोग बर्दिबासको टोलीले पक्राउ गरेको छ ।

मटिहानी–५ का वड़ा अध्यक्ष राम बहादुर महतो र उनकै वड़ामा कार्यरत एकजना कर्मचारीलाई अख्तियारको टोलीले आइतबार अपरान्ह ३ बजे पक्राउ गरि साँझ करिब ६ बजे मुचुल्कासहितको आवश्यक प्रक्रिया पूरा गरि बर्दिबास स्थित कार्यालयमा अनुसन्धानको लागि लगेको छ ।

बर्दिबास स्थित अख्तियारको कार्यालयले वड़ा अध्यक्षलाई घुस रकमसहित नियन्त्रणमा लिएको बताएको छ । एक सेवाग्राहीबाट जन्मदर्ताको विषयमा १५ हजार रकम माग गरेको र सो मध्ये पाँच हजार रकम पहिले नै लिएको र थप रकम लिने क्रममा उनलाई पक्राउ गरिएको अख्तियारको बर्दिबासस्थित कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७