एम्बाप्पेको गोलमा फ्रान्सलाई नेसन्स लिगको उपाधि


२५ आश्विन २०७८, सोमबार
121016357 mbappe getty va3a6Y1rD5

काठमाडौं, २५ असोज । किलियान एम्बाप्पेको विवादित गोलको मद्दतले फ्रान्सले स्पेनलाई हराउँदै यूईएफए नेसन्स लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । आइतबार राति भएको खेलमा फ्रान्सले एक गोलले पछि परेको स्थितिलाई उल्टाउँदै २–१ को जीत हासिल गरेको हो ।

खेलको ६४ औं मिनेटमा मिकेल ओयारजबालको गोलको मद्दतले स्पेनले खेलमा अग्रता लिएको थियो । तर, लगत्तै करिम बेन्जेमा शानदार गोल गर्दै खेल बराबरी गरे । खेलको ८० औं मिनेटमा एम्बाप्पेले निर्णायक गोल गर्दै फ्रान्सलाई जीत दिलाए । तर, गोलअघि एम्बाप्पे अफसाइड पोजिसनमा रहेको भन्दै विवाद भइरहेको छ ।

उता, इटालीले पनि बेल्जियमलाई समान २–१ गोल अन्तरले हराउँदै प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल रह्यो । इटालीलाई जीत दिलाउन दोस्रो हाफको शुरुवातमा नै निकोलो बरेलाले पहिलो गोल गरे भने डोमेनिको बेरार्डीले पेनाल्टीबाट इटालीको अग्रता दोब्बर बनाए ।

खेलको अन्त्यतिर चार्ल्स डी केटेलायरले एक गोल फर्काउनअघि बेल्जियमा तीनवटा प्रहार पोष्टमा लाग्न पुगेको थियो । त्यसपछि बेल्जियमले बराबरी गोलका लागि प्रयास गरे पनि त्यो सफल हुन सकेन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७