प्रदेशसभा बैठकको मिति परिवर्तन


२५ आश्विन २०७८, सोमबार

मोरङ, २५ असोज । प्रदेश–१ प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो ।

आज १ बजेका लागि भनिएको बैठकको मिति परिवर्तन गरी आगामी कात्तिक ५ गते शुक्रबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

प्रदेशसभा सचिव पराजुलीद्वारा आज जारी सूचनामा उक्त बैठक विशेष कारणले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम मिति परिवर्तन गरिएको जनाए । बैठकको मिति सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार सम्पूर्ण प्रदेशसभाका सदस्यलाई जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७