यस्तो छ दशैंको अष्टमीसम्मको मौसम पूर्वानुमान


२५ आश्विन २०७८, सोमबार
kathamandu

काठमाडौं, २५ असोज । आज (सोमबार) बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य भू–भागमा सामान्यतया सफा रही पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा सामान्यतया सफा रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेनिटअनुसार आगामी २७ गते अर्थात् दसैंको अष्टमीसम्म मौसम यस्तो रहने अनुमान–

असोज २५ (आज)
दिउँसो – देशको पहाडी भूभाममा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति – देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा सामान्यतया सफा रही एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
असोज २६ गते
दिउँसो –
देशभर सामान्यतया सफादेखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति – देशभर सामान्यतया सफादेखि आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

असोज २७ गते
दिउँसो – देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भू भागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति – देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

मनसुन
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशका पश्चिमी भेगबाट गत शुक्रबार नै मनसुन हटिसकेको छ । बाँकी स्थानमा मनसुन रहे पनि पानी पर्ने क्रम भने लगभग रोकिइसकेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार प्रदेश १, २ बागमती र गण्डकीका पूरै क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी स्थानमा अझै मनसुन छ । पूरै नेपालबाट मनसुन बाहिरिन अझै ३-४ दिन लाग्न पनि सक्ने तथा चाँडै पनि हुन सक्ने सम्भावाना रहेको मौसमविद्को भनाइ छ । मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिनु पर्ने औसत मिति यही अक्टोबर २ तारिख भए पनि केही दिन ढिला भइरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७