खोप लक्ष्य पूरा नहुने संकेत


२५ आश्विन २०७८, सोमबार
Corona china khop ktm 4 1619625919
फाइल फोटो

काठमाडौं, २५ असोज । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ ।

हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो । नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ । शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइएको छ ।

पुस मसान्तसम्म ६६ प्रतिशत जनसंख्या (दुई तिहाइ) लाई खोप लगाउने लक्ष्य पूरा गर्न एक करोड ३२ लाख ८१ हजारजनालाई खोप लगाउनुपर्ने हुन्छ । तर शनिबारसम्म खोपको दुवै डोज लगाएको जनसंख्या साढे ६४ लाखमात्र छ । यो हिसाबले पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न ९५ दिन बाँकी छ ।

हालको गतिले हिसाब गर्दा अबको १५० दिनमा मात्र दुई तिहाइ जनसंख्यालाई खोप लगाउन सकिन्छ । आइतबारसम्म खोपको पहिलो डोज लगाउने जनसंख्या ३७ प्रतिशत पुगे पनि दुवै डोज लगाउने जनसंख्या ३० प्रतिशत पनि पुगेको छैन । पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न बाँकी अवधिमा दिनहुँ १ लाख २५ हजार डोज खोप लगाउनुपर्ने हुन्छ । तर, खोपका दुवै डोज जोड्दा हाल झण्डै ७९ हजार डोज खोप दिनहुँ लगाइएको सन्दर्भमा यो लक्ष्य पूरा हुन कठिन छ ।

यसैगरी, माघदेखि वैशाख मसान्तसम्म तय गरिएको लक्ष्य पूरा गर्न थप ६६ लाख ४० हजार जनसंख्याालाई खोप लगाउनुपर्ने हुन्छ । यसरी यो अवधिको १२० दिनमा १ करोड ३२ लाखजनालाई खोप उपलब्ध गराउन दिनहुँ १ लाख १० हजार ६७९ डोज लगाउनुपर्ने हुन्छ । बाँकी पृष्ठ २ अर्कोतिर ११ देखि १८ वर्ष उमेर समूहलाई खोप दिने प्रस्तावित सरकारी योजनाको समेत हिसाब गर्ने हो भने खोप लगाउने दर झण्डै तीन गुणाले बढाउनुपर्ने विज्ञ बताउँछन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७