अफगानिस्तानमा कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान खतरामा


२५ आश्विन २०७८, सोमबार
childrenagaan october1020211010114636 Mmelwb1l46

काठमाडौं, २५ असोज । अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ ।

यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताएका हुन् । उनले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गरेका छन् ।

उनले आफ्नो भ्रमणका क्रममा काबुलमा रहेको एक बाल अस्पतालमा गम्भीर कुपोषण भएर भर्ना भएका बालबालिकासँग भेट गरेका छन् । यस्तै, युनिसेफले तालिबानलाई बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र खोप तथा पोषणयुक्त खानेकुरा र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरेको छ । यस्तै बालबालिकाहरु पोलियोको जोखिममा पनि रहेकाले उनीहरुलाई तत्काल खोप दिने व्यवस्था गर्न समेत युनिसेफले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७