झापामा मासु व्यवसायीको पसलमै घाँटी रेटेर हत्या


२५ आश्विन २०७८, सोमबार
death

झापा, २५ असोज । झापाको विर्तामोडमा गए राति एक व्यसायीको हत्या भएको छ । विर्तामोड नगरपालिका–५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रकुमार मगरको घाँटी रेटेर हत्या जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

मगर झापाकै अर्जुनधारा– ६ कप्तानबारीका स्थायी बासिन्दा हुन् । पसलमै बसिरहेको बेला गए राति करीब ८ बजे उनको हत्या भएको प्रहरीको भनाई छ । मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । मगरको हत्याराको पहिचान खुलेको छैन । घटनाको आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७