चीनको अन्तरिक्ष यान चन्द्रको चट्टान लिई पृथ्वीमा फर्किन सफल


२५ आश्विन २०७८, सोमबार

काठमाडौं, २५ असोज । चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमा सतहको चट्टान संकलन गर्न सफल भएको छ ।

चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४० बर्षको इतिहासमा चन्द्रमाको चट्टान लिई पृथ्प्वीमा फर्कन सफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ । सो मिसनमा सामेल अमेरिकाको वाशिङटन बिश्वबिद्यालयका बिशेषज्ञ बै्रड जोलिफले सो चट्टानको आयु करीब दुई अर्व बर्षको हुने अनुमान गरेका छन् ।

उनका अनुसार चन्द्रमा लगभग ४ अर्ब बर्ष पुरानो हो जुन पृथ्वी जतिकै पुरानो हो । बैज्ञानिकहरुको टोलीले चन्द्रमा वरिपरिका क्षेत्रहरुको बर्ष निर्धारणका लागि चट्टानको नमुना संकलन गरेको जनाएका छन् ।

जोलिफले चीनको बेइजिङ प्रयोगशालामा यो चट्टानबारे थप अनुसन्धान गरी छिट्टै नया तथ्य सार्वजनिक गर्ने जनाएका छन् । चीनले चांग ई ५ मिसन गत २४ नोभेम्बरमा प्रक्षेपण गरेको थियो । यही मिसनले चार दशकको इतिहासमा चन्द्रमाको सतहको चट्टान पृथ्वीमा ल्याउन सफल भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७