विश्व जुनियर जुडो नेपाली टाेली खेल्न जाने


२७ आश्विन २०७४, शुक्रबार
jodo

काठमाडौँ: क्रोएसियाको जाग्रेबमा हुने विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागी हुने भएका छन् । अक्टोबर १४ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।jodo

टिम व्यवस्थापकमा बाबुराजा महर्जन तथा प्रशिक्षकमा दलबहादुर गुरुङ छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शनिबार बिहान ११ः४५ बजे कतार एयरवेजबाट क्रोएसिया प्रस्थान गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७