बजारबाट फर्किदै गरेकी महिलाको चिर्पटले हानेर हत्या, एक युवक पक्राउ


२५ आश्विन २०७८, सोमबार

गुल्मी, २५ असोज । गुल्मीको रेसुंगामा एक जना महिलाको हत्या भएको छ । रेसुंगा नगरपालिका–१३ दुबिचौरकी ५५ वर्षकी पार्वती विकको चिर्पट प्रहार गरेर स्थानीय एक युवाले हत्या गरेका हुन् ।

स्थानीय २५ वर्षको प्रकाश विकले आइतबार साँझ चिर्पट प्रहार गरेर पार्वतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । हत्याको कारण खुलेको छैन ।

हत्यामा संलग्न युवालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ । आइतबार साँझ बजारबाट घर फर्किने क्रममा घर नजिकै उनको हत्या भएको हो । ‘अहिलेसम्म हत्याको कारण खुलेको छैन, हामी अनुसन्धान गरिरहेका छौं’, गुल्मीका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७