सुकुम्बासीमाथि गोली चलाउनु अशोभनीय र गलत : डा. बाबुराम भट्टराई


२५ आश्विन २०७८, सोमबार

चितवन, २५ असोज । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवम पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले सुकुम्वासीमाथि गोली चलाउनु अशोभनीय र गलत कार्य भएको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै डा. भट्टराईले लोकतन्त्रमा आफ्नो माग राख्न पाउनु स्वतन्त्र रहेको भन्दै आन्दोलनकारीमाथि गोली चलाइनु सरकारको गलत कार्य भएको बताएका हुन् ।

सुकुम्वासीहरुको समस्या समाधानमा कुनै पनि सरकारको स्पष्ट नीति नहुँदाको परिणाम अहिले भोग्नु परेको बताउँदै डा. भट्टराईले वास्तविक सुकुम्वासीको पहिचान गरेर तत्काल दीगो समाधान खोज्न आग्रह गरे । आफू सरकारमा रहँदा उक्त प्रयास गरेको बताउँदै छोटो अवधि भएको र विरोध धेरै भएकाले पूरा गर्न नसकेको बताए ।

बुटवलको मोतिपुरमा कतिपय हुकुम्वासी भए छानविन गर्नुपर्नेमा गोली चलाइनु समाधान नभएको उनको भनाई थियो । सरकार विस्तारमा देखिएको विवाद ओली प्रवृत्ति जस्तै हुन लागेको भन्दै अहिलेको गठवन्धन सरकार विल्कुल फरक र विवाद रहित हुनुपर्नेमा उनको जोड थियो । डा. भट्टराइले अहिलेको सरकार पूर्ण अवधिभर रहनुपर्ने र पुरा कार्यकाल पूरा नगरे राम्रो सन्देश नजाने उनको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७