काठमाडौं महानगरपालिकाको आठ तले प्रशासनिक भवनकोे शिलान्यास


२५ आश्विन २०७८, सोमबार
dfdgm1633932109

काठमाडौं, २५ असोज । काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निमाणकोे शिलान्यास गरिएको छ । आज (सोमबार) काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणकोे शिलान्यास गरे ।

करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको आठ तले सुविधा सम्पन्न भवन बनाउन लागिएको हो । काठमाडौं महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई आधार बनाएर भवनको डिजाइन तयार गरिएको महानगरले जनाएको छ । भवनभित्र नेवारी शैलीका चोकहरू रहने बताइएको छ ।

भवन संरचनामा प्रत्येक तलामा कार्यालयहरू, बैठक हल, प्रशासन-कर्मचारी-आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागि आवश्यक स्थान छुट्ट्याइएको छ । विपत्को समयमा प्रयोग गर्न सकिने गरी आपत्कालीन मार्ग तथा सुरक्षित भर्‍याङ रहने बताइएको छ ।

भवनको भुइँदेखि सातौं तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुनेछ भने आठौं तलामा २०० जना क्षमताको र १०० जना क्षमताको छुट्टाछुट्टै दुई हल निर्माण गरिने जनाइएको छ । भवन वि.सं. २०८० असोज मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालिले पाएको छ । भवन निर्माणको लागत ६९ करोड ५८ लाख १९ हजार ३५९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७