भैंसी चोरेको आरोपमा पक्राउ युवा हिरासतमै मृत भेटिए


२५ आश्विन २०७८, सोमबार
death

कैलाली, २५ असोज । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरस्थित हिरासतको शौचालयभित्र एक थुनुवा मृत भेटिएका छन् ।
सुर्खेत चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर रानालाई मृत फेला पारेको जिल्ला प्रहरीका कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक बिष्टले जानकारी दिए ।

उनलाई कैलालीको जानकी गाउँपालिका १ का पुलुराम थारुको भैंसी चोरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको थियो । कैलालीको लम्कीचुहा नगरपालिका–५ थापापुरस्थित झोलुङ्गे पुल नजिक चोरी गरेको भैंसीसहित रानालाई फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

पुलुरामले उनीविरुद्ध आवश्यक कारबाही गरी पाउँ भनि इलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन दिएका थिए । उनी टीकापुरको हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा सोमबार बिहान ६ बजे मृत फेला परेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७