गृहमन्त्री बालकृष्ण खाँण र ईयू राजदूत नोना डिप्रेजबीच भेटवार्ता


२५ आश्विन २०७८, सोमबार

काठमाडौं, २५ असोज । गृहमन्त्री बालकृष्ण खाँणसँग डेलिकेसन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छिन् ।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे । उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा नेपाल सरकारले गरेको बताए ।

‘नेपाललाई अहिलेसम्म युरोपियन युनियनले गरेको सहयोगका लागि धन्यवाद छ । आगामी दिनमा पनि यस्तै सहयोग रहिरहनेछ भन्ने अपेक्षा नेपाल सरकारको छ’, मन्त्री खाणले भने, ‘नेपाल सरकार युरोपियन युनियनसँगसँगै काम गर्न तयार छ ।’

युरोपियन युनियनले लैंगिक समानता, शिक्षामा सहज पहुँच र वातावरणीय प्रभावका क्षेत्रमा नेपालमा काम गरिरहेको छ । राजदूत डिप्रेजले विपद्को क्षेत्र हरियाली जोगाउन र संघीयतालाई स्थायित्व दिन सहयोग गर्न चाहेको बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७