भारत–चीन सीमा विवाद : सैन्य कमाण्डरस्तरीय १३ औं वार्ता पनि असफल


२५ आश्विन २०७८, सोमबार
india chaina GSj1jhAn4P

काठमाडौं, २५ असोज । भारत र चीनबीच पूर्वी लद्दाखमा जारी सीमा विवादबारे आइतबार वरिष्ठ सैन्य कमाण्डरस्तरीय १३ औं वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

भारतले चीन एलएससी (वास्तविक नियन्त्रण रेखा) यथास्थिति कायम गर्न सहमत नभएको आरोप लगाएको छ । अहिले पूर्वी लद्दाखस्थ्ति एलएसीमा दुई देशबीच हट स्प्रिङ्स, डेपसाङ बल्ज र चार्डिङ नुल्लाह जङ्क्सनका विषयमा विवाद छ ।

उक्त वार्तापछि दुवै देशका सेनाले वक्तव्य जारी गरेका छन् । चीनले जारी गरेको वक्तव्यमा भारतले अनुचित माग राखेको आरोप लगाएको छ भने भारतीय पक्षले विवाद समाधानका लागि आफूले राखेको रचनात्मक सल्लाहमा चिनियाँ पक्ष सहमत नभएको दाबी गरेको छ ।

भारतका सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले गत हप्ता नै भनेका थिए– चीनले एलएसी नजिक ठूलो मात्रामा पूर्वाधार निर्माणका काम गरिरहेको छ र यस्तो लाग्छ, त्यहाँबाट सेना (चिनियाँ) अर्काे हिउँदसम्म पनि पछि हट्ने विचारमा छैनन् ।

चीनको पिपुल्स लिबरेसन आर्मी (पीएलए) वेस्टर्न थिएटर कमाण्डका प्रवक्ता लङ साहोआका अनुसार दुई देशबीच मोल्दो–चुसुल मिटिङ प्वइन्टमा चिनियाँ क्षेत्रतर्फ भएको हो । वार्तापछि विज्ञप्ति जारी गरी लङले भनेका छन्, ‘चीनले सीमामा जारी गतिरोध अन्त्य गर्न र तनाव हटाउन धेरै प्रयास गर्‍यो र दुई देशका सेनाबीच राम्रो सम्बन्ध बनाई राख्न आफ्नतर्फबाट पूरै इमान्दारी देखाइयो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७