कास्की घान्द्रुकमा जीप दुर्घटना : आठ जनाको गयो ज्यान


२५ आश्विन २०७८, सोमबार
accident

कास्की, २५ असोज । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा बोलेरो जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । पोखराको हरिचोकबाट २ बजे घान्द्रुकका लागि छुटेको ग १ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० कलाभिरमा दुर्घटना भएको हो ।

जीपमा नौं जना सवार थिए । तीमध्ये एक जना सामान्य घाइते छन् भने बाँकीलाई उद्दारपछि पोखरा ल्याउँदै गरिएको कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए । घाइतेको अवस्था गम्भीर भएको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताएका छन् । स्थानीय पर्यटन व्यवसायी किसम गुरुङले पनि दुर्घटनाको पुष्टि गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७