रसुवागढी नाकाबाट दुई दिनमै भित्रियो ३६ कन्टेनर स्याउ


२५ आश्विन २०७८, सोमबार
apple

रसुवा, २५ असोज । दशैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतबार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको छ ।

सो नाकाबाट ठूलो परिमाणमा स्याउ भित्रिएसँगै दशैंका लागि नेपाली बजारमा फलफूलको आपूर्ति सहज हुने आंकलन गरिएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरा गरी धमाधम काठमाडौं लाने क्रम शुरु भइरहेको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवं भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले बताए ।

चाडपर्वमा फलफूलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोसाक, जुत्ता, चप्पल जस्ता सामग्री आयातलाई पहिलो प्राथमिकता दिंदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७