दोहोरो अंकले घट्यो नेप्से, साढे ३ अर्बको कारोबार


२५ आश्विन २०७८, सोमबार
share market

काठमाडौं, २५ असोज । शेयर बजारमा आज (सोमबार) पनि दोहोरो अंकको पहिरो गएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २३.१९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ५.५६ अंकले घटेको हो ।

आजको कारोबारमा २१९ कम्पनी सहभाी भएका छन् । यी कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर बिक्री भएका छन् । दिनभरिमा ४४ हजार ४६२ पटकको खरिद बिक्रीपछि ३ अर्ब ६३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज १३ मध्ये म्युचुअल फण्ड र लगानी समूहको सूचक मात्रै हरियो छन् । आज ९.९० प्रतिशतसम्म कमाउँदा लगानीकर्ताले ८.७६ प्रतिशतसम्म नोक्सानी व्यहोर्नु परेको छ । कुनै कम्पनीको अधिकतम कारोबार आज १७ करोड मात्रै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७