७८५ मा कोरोना संक्रमण, ८८८ जना निको, १२ को मृत्यु


२५ आश्विन २०७८, सोमबार
korona

काठमाडौं, २५ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ । यसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसन, १,१६५ जना संस्थागत आइसोलेसन छन् । यस्तै ३१४ जना सघन उपचार कक्ष र १११ जना भेन्टिलेटरमा छन् ।

पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

245034203 174947898146507 3104894699151462575 n bZqlLebhh0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७