मोरङमा दिनदहाडै बैंक लुट्ने प्रयास, तीन जना पक्राउ


२५ आश्विन २०७८, सोमबार
citizen bank t9KoOfcKP0

मोरङ, २५ असोज । मोरङको धनपालथान गाउँपालिका कर्सिया बजारमा भारतीय लुटेरा समूहले दिनदहाडै बैंक लुट्ने प्रयास गरेको छ । तर प्रहरीले उनीहरुको प्रयासलाई विफल बनाउँदै तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षा गार्डले रोक्न खोजेका थिए । त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोली चले लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गोली लागेको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७