देश अभिभावकविहीन भयो : कमल थापा


२५ आश्विन २०७८, सोमबार
kamal thapa 3

काठमाडौं, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको बताएका छन् ।

आज (सोमवार) काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले यस्तो बताएका हुन् । उनले संविधान सभाको पहिलो बैठक भएको करिब १३ वर्ष पुग्दा देशले भने जस्तो कोल्टो फेर्न नसकेको जिकिर गरे । अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरूको रणनीतिक थलो बनेको दाबी गरे ।

अध्यक्ष थापाले भने, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाई हामी सबैलाई थाहा नै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक विहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको छ ।’

उनले थपे, ‘नेपाल बाह्य शक्तिहरूको रणनीतिक थलो बनेको छ, युरोप, अमेरिका, चीन र भारतहरूको रणनीतिक थलो नेपाल बन्दै गइरहेको छ, चाहे एमसीसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्त्वपूर्ण निर्णयहरूमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढ्दै गइरहेको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७