गण्डकीमा मन्त्री डोबाटे विश्वकर्माले लिए शपथ


२५ आश्विन २०७८, सोमबार
Dobate BK Sapath

पोखरा, २५ असोज । गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । उनलाई मन्त्रीको सूचीबाट हटाएकामा प्रदेश सरकारको विरोध भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७