पर्यटन मन्त्रालय सम्हाले लगत्तै आलेको ‘एक्सन’ : नेवानीका कर्मचारीले फिर्ता लिए आन्दोलन


२५ आश्विन २०७८, सोमबार
NAC

काठमाडौं, २५ असोज : नेपाल वायु सेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलनरत कर्मचारीहरुले सोमबारबाट बाट आफ्ना सबै आन्दोलनहरु स्थगित गरेका छन् ।

संस्कृत, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेसँग सिंहदरबारस्थित् मन्त्रालयमा भएको छलफलपछि आन्दोलनरत कर्मचारीहरुले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जनाएका छन् । पर्यटन मन्त्री प्रेम आलेले सपथ ग्रहण गरेको ४८ घन्टाभित्र निगममा चार महिना देखि जारी समस्या र गतिरोधलाई तोडेका छन् ।

मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीको बीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्याहरु कानूनसम्मत् तरिकाले समाधान गर्ने सहमति भएको हो ।

सहमतिपश्चात् आन्दोलनका सबै कार्यक्रमहरु स्थगित् भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए । उनले भने,‘महाप्रबन्धक र हामी कर्मचारीबीचको समस्या समाधान गरिने सहमति भएको छ, मन्त्रीज्यूले हामीलाई १५ दिनको समय दिनुभएकोले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौं ।’

नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गैरहेको आरोपसहित कर्मचारीहरुले एक सय चार दिनदेखि आन्दोलन गर्दै आएका थिए । यसै क्रममा आन्दोलनरत कर्मचारीहरुले विभिन्न संघ-संगठनले मन्त्री आलेलाई महाप्रबन्धक पौडेलको बर्खास्तीको लागि भन्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।

कर्मचारीहरुले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल वायु सेवा निमगको स्तरोन्नती तथा वृद्धि विकासको लागि आफू सदैव लागिपर्ने पनि विश्वास दिलाएका छन् । उनले भने,‘नेपालको एकमात्रै राष्ट्रिय ध्वजाबाहक विमानलाई माथि उकास्न तथा यसको वृद्धिविकासको लागि म सदैब सकारात्मक रहेको छु । आशा छ–यसमा मलाई कर्मचारी साथीहरुले पनि साथ दिनुहुनेछ ।’

महाप्रबन्धक पौडेललाई पूनः नेपाल वायु सेवा निगममा नपठाउन समेत कर्मचारीहरुले माग गरेका छन् । कर्मचारीहरुले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल वायु सेवा निमगको स्तरोन्नती तथा वृद्धि विकासको लागि आफू सदैव लागिपर्ने पनि विश्वास दिलाएका छन् । उनले भने,‘नेपालको एकमात्रै राष्ट्रिय ध्वजाबाहक विमानलाई माथि उकास्न तथा यसको वृद्धिविकासको लागि म सदैब सकारात्मक रहेको छु । आशा छ–यसमा मलाई कर्मचारी साथीहरुले पनि साथ दिनुहुनेछ ।’

मन्त्री आलेले कर्मचारीका समस्या तथा वायुसेवा निगममा भए गरेका विसंगति तथा बेथितिलाई अन्त्य गरिने आश्वासन पनि दिएका थिए । मन्त्री आलेसँको सहमतिपश्चात् कर्मचारीहरुले आफूले लगाएको तालाबन्दी पनि आजैदेखि खोलिएको जनाईएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७