खोप र माक्स अस्वीकार गर्ने ब्राजिलका राष्ट्रपति फुटबल ‘म्याच’ हेर्न बञ्चित


२६ आश्विन २०७८, मंगलवार
np file 87133 ZbjiYCQmXj
(FILES) In this file photo Brazilian President Jair Bolsonaro speaks during the launching event of the Week of Communication at the Planalto Palace in Brasilia, on May 5, 2021. – Brazilian President Jair Bolsonaro has seen happier days: his poll numbers have plunged, his nemesis Luiz Inacio Lula da Silva is looming large and the Senate is investigating his chaotic handling of Covid-19. What to do? First: Hop on his trusty blue motorcycle and lead a huge rally of fellow far-right bikers, as he did last May 9, 2021. Second: Ride in on horseback to fire up a demo of conservative farmers, as he reportedly plans to do May 15, 2021.That rally’s organizers have called for conservative “soldiers” to protest the “craziness” of pandemic stay-at-home measures and Brazil’s Supreme Court, which allowed local authorities to impose such policies over Bolsonaro’s objections. (Photo by EVARISTO SA / AFP)

काठमाडौं, २६ असोज । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोभिडविरुद्धको खोप नलगाएकाले आफूलाई सान्तोस बनाम ग्रेमियो फुटबल म्याच हेर्नबाट निषेध गरिएको बताएका छन् ।

आइतबार सार्वजनिक भिडिओमा राष्ट्रपतिले आफूलाई म्याचस्थलमा प्रवेश गर्नबाट बञ्चित गरिएको बताएका हुन् । उनले आफूमा खोप लगाएकामा भन्दा बढी इन्टिबडी भएको दाबी समेत गरेका छन् । ‘किन खोप कार्ड चाहियो ! किन पासपोर्ट चाहियो ! म केवल खेल हेर्न चाहन्छु,’ उनले भने ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बोल्सोनारो हाल साओ पाउलोमा बिदा मनाइरहेका छन् । ब्राजिलका नेताले कोरोना भाइरसविरुद्धको खोपप्रति शङ्का व्यक्त गर्ने गरेका छन् र त्यहाँ उल्लेख्य मात्रामा खोप लगाइएको पनि छैन ।

राष्ट्रपति बोल्सोनारो जुलाई २०२० मा कोरोना भाइरसबाट संक्रमित भएका थिए । संक्रमित भएपछि केही हप्ता क्वारेन्टिनमा बसेर उनी नियमित काममा फर्किएका थिए । राष्ट्रपति बोल्सोनारो लकडाउनको एक कट्टरविरोधी पनि हुन् । उनी माक्स पनि लगाउँदैनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७