बसको ठक्करबाट दुई पैदल यात्रीको गयो ज्यान


२६ आश्विन २०७८, मंगलवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

बाँके, २६ असोज । बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै सोमबार साँझ बसको ठक्करबाट दुई जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले राप्तीसोनारीस्थित परुवा खोला नजिकै ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ज्यान गुमाउनेमा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारु रहेका जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाको विरोधमा पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्तर्गत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेका थिए । पैदल हिंडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७