चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शनमा


२६ आश्विन २०७८, मंगलवार
Untitled 11634002094

काठमाडौं, २६ असोज । सिनेमा हलमा आजबाट नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ । शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा मल्टिस्टार छन् । भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।

कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो । अन्य पाँच दर्जन चलचित्र निर्माण सम्पन्न भएर रिलिजका लागि तयारी अवस्थामा रहे पनि प्रदर्शन गरिएका छैनन् । दर्शक चलचित्र हेर्न हलसम्म जान्छन् कि जाँदैनन् भन्ने निश्चित नभएका कारण चलचित्रहरु रिलिज गरिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७