जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा परी पाँच भारतीय सैनिकको मृत्यु


२६ आश्विन २०७८, मंगलवार
jammu kashmir 4gSvwyzJ4H

नयाँदिल्ली, २६ असोज । जम्मु–कश्मीरमा विद्रोही समूहको आक्रमणमा पाँच जना भारतीय सैनिकको ज्यान गएको छ ।
जम्मु–कश्मीरको पुन्छ जिल्लामा सेनाले चलाइरहेको आतङ्कवाद विरोधी अभियानका क्रममा विद्रोही समूहले गरेको आक्रमणमा परि सेनाका एक अधिकृत र चार जवानसहित पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पञ्जाबका राज्यका छन् ।

पञ्जाब मुख्यमन्त्री चरणजित सिंह चन्नीले आफ्नो राज्यका ज्यान गुमाएका दुई जनाका परिवारलाई ५० लाख रुपैयाँ र दुवै परिवारका एक-एक जनालाई सरकारी जागिर दिने घोषणा गर्नुभएको छ । गएको हप्ता थुप्रै सर्वसाधारणको हत्या भएपछि सुरक्षा बलले पुन्छमा कारबाही अभियानलाई तीव्र पारेको थियो । मुठभेड पछि पनि अप्रेसन चलिरहेको भारतीय सेनाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७