प्रदीप ज्ञवालीको कटाक्ष : सय दिनमै यति देखेपछि बाँकी के नै रह्यो र ?


२६ आश्विन २०७८, मंगलवार
pradeep
फाइल फोटो

काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकारको कायैशली र निर्णयहरुप्रति आपत्ति जनाएका छन् । अघिल्लो सरकारले गरेका निर्णय रद्द तथा मन्त्रिपरिषदमा न्यायलयलाई दिइएको भागबण्डालगायतमा उनले कटाक्ष गरेका छन् ।

‘सदनमा एक जना माननीयले भन्नु भा’थ्यो– सरकार कसरी चलाउनु पर्छ, हामी देखाउने छौं । ठिकै भन्नु भा’रैछ’, ट्वीटरमा उनले लेखेका छन्, ‘भूमि आयोग खारेजी, जयसिंह थामी बेपत्ता, १४ सय सड़क आयोजना रद्द, कालो धन सेतो पार्ने प्रपन्च, न्यायाधीशलाई मन्त्री उपहार अनि मोतीपुर गोली काण्ड । सय दिनमै यति देखेपछि बाँकी के नै रह्यो र ?’

वर्तमान सरकारको कार्यशैलीप्रति एमाले नेताहरुले चर्को आलोचना गर्दै आएका छन् । एमालेले प्रतिनिधि सभामा समेत नारावाजी गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७