बाजुरामा सुक्खा पहिरो, कर्णाली नदी थुनिएर ‘ड्याम’ बन्यो


२६ आश्विन २०७८, मंगलवार
karnali river

बाजुरा, २६ असोज । बाजुरा क्षेत्रमा खसेको पहिरोले कर्णाली नदी थुनिएको छ । सुक्खा पहिरो झरेर नदी थुनिएको स्थानीयले जानकारी दिएका छन् ।

स्वामिकात्तिक वडा नम्बर–१ मा सुक्खा पहिरो खसेर नदी थुनिएको डिएसपी मदनदीप महराले जानकारी दिए । उनले भने, ‘नदी थुनिएर एक किलोमिटर ड्याम बनेको छ । पहिरो खस्ने क्रम पनि जारी छ ।’ बिहान पूर्णरुपमा थुनिएको नदी अहिले भने प्राकृतिक रुपमा आफैं बग्न थालेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७