मोतीपुर घटनाको दोषी ओली सरकार : सत्तारुढ विधार्थी संगठन


२६ आश्विन २०७८, मंगलवार
motipur lumbini

काठमाडौं, २६ असोज । सत्तारुढ तीन दलका भ्रातृ संगठनहरुले पूर्ववर्ती सरकार नै रुपन्देहीको मोतिपुर घटनाको मुख्य दोषी भएको आरोप लगाएका छन् ।

उनीहरुले आज (मंगलबार) प्रेस विज्ञप्ति जारी गरेर चार जनाको ज्यान जाने गरी भएको मोतिपुर घटनाको मुख्य दोषी पूर्ववर्ती सरकार भएको आरोप लगाएका हुन् ।

‘औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिकरण नगर्दै गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम आज मोतिपुर क्षेत्र रण मैदान भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अनाहकमा जनताको ज्यान गएको छ । यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ ।’

उनीहरुले मोतिपुर घटनाका मुख्य दोषीलगायत सम्पूर्णलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न, मृतकलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न माग गरेका छन् । मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न सरकारलाई माग गर्दै विज्ञिप्तमा भनिएको छ, ‘जनताको संविधान प्रदत माग राख्दा, आन्दोलन गर्दा दमन नगर्न चेतावनी दिन चाहान्छौं ।’
हेर्नुस् विज्ञप्ती

245011802 4172966162812092 3425135571156237483 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७