गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार


२६ आश्विन २०७८, मंगलवार
TakamKot helicopter

रसुवा, २६ असोज । दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर घााइते भएका एक व्यक्तिको उद्दार गरी उपचारको लागि काठमाडौँ लगिएको छ ।

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते भएका थिए ।

टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलास एयरको हेलिकप्टरद्वारा काठमाडौं पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ । उनलाई घाँस काट्नेले भेटेपछि उद्वार गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७