भरसक मै उम्मेद्वार हुने प्रयासमा छु : महामन्त्री शशांक कोइराला


२६ आश्विन २०७८, मंगलवार
sashanka 1

चितवन, २६ असोज । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको रोकिएको प्रक्रिया तिहार लगत्तै शुरु हुने बताएका छन् । आज (मंगलबार) चितवनमा पत्रकारहरुसँगको कुराकानीमा उनले विवाद रहेका १३ जिल्लासहित अन्य रोकिएका जिल्लाको समेत तिहार लगत्तै अधिवेशनको प्रक्रिया शुरु हुने बताएका हुन् ।

उनले भने, ‘तिहारपछि रोकिएका जिल्लाको अधिवेशन हुन्छ । अब सार्ने अवस्था छैन । महाधिवेशन समायमा नै गर्नुपर्छ ।’ १३ जिल्लामा क्रियाशील सदस्यताको विवाद रहेको भन्दै उनले देखिएका समस्या समाधान गर्दै अघि बढ्ने बताए ।

महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटै उम्मेदवार बनाउने कसरत भइरहेको उनले बताए । उनले भने, ‘छलफल भइरहेको छ । संस्थापन इतर समूहबाट एउटै उम्मेदवार बनाएर महाधिवेशनमा जान्छौं ।’ आफू वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको दौडमा रहेको भन्दै उनले आफू बलियो उम्मेदवार रहेको बताए ।

फरक प्रसङ्गमा सरकारले पूर्णता पाएसँगै विकास निर्माणका कामहरुलाई तीव्रता दिइने उनको भनाइ थियो । उनले भने, ‘अहिलेको सरकार गठवन्धनको सरकार हो । यसले पूर्णता पाएको छ । अब राम्रो काम गर्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७