मुगु बस दुर्घटना अपडेट : २३ जनाको घटनास्थलमै मृत्यु, १८ बढी गम्भिर घाइते


२६ आश्विन २०७८, मंगलवार
rara 1634032488

मुगु, २६ असोज । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै ज्यान गएको छ । नेपालगञ्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरे लगत्तै छायाँनाथ रारा नगरपालिका–७ मा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टले जानकारी दिए । दुर्घटनामा परी १८ बढी घाइते भएका छन् । सामान्य घाइते हुने पनि धेरै रहेको उनले जानकारी दिए ।

प्रनाउ भट्टले भने, ‘जिल्लामा ५ किमि प्रवेश गरेपछि बस ५०० किमि तल भीरमा खसेको छ । बसमा कति यात्रु थिए खुल्न बाँकी छ । हामी उद्धारमा छौं ।’ मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले छायाँनाथ रारा नगरपालिका–७ मा उक्त बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको बताएका छन् ।

‘२२ जनाको मृत्यु भएको छ । म अहिले घटनास्थलमै घाइतेको उद्धारमा खटिएको छु । घटनाको विस्तृत विवरण केहिबेरमा आउँछ,’ प्रजिअ महतले भने । उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धारमा जुटेका छन् । बसभित्र अझै यात्रु चेपिएको हुनसक्ने उनले बताएका छन् ।

यता छायानाथ नगरकी उपप्रमुख सुन्तला रोकायाले बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको जानकारी दिइन् । उनका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७