सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३३ घाइते, तीन जना गम्भिर


२६ आश्विन २०७८, मंगलवार
thumb 9

सिन्धुपाल्चोक, २६ असोज । काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् ।

बा ४ ख १८०२ नम्बरको काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बस सडकबाट केही तल खसेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए ।

उनकाअनुसार बसका चालक प्रहरीको नियन्त्रणमा छन् भने ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौंका विभिन्न अस्पताल रिफर गरिएको छ । मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७