जो बाइडेनलाई बचाएका यी सपरिवार छाडे अफगानस्तिान


२६ आश्विन २०७८, मंगलवार
aman khalil 3g4tQzcYvq

काबुल, २६ असोज । कुनै बेला अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई बचाउने अफगान दोभासे अमन खलिलीले परिवारसहित अफगानिस्तान छाडेका छन् । सन् २००८ को कुरा हो, हिम आँधीका कारण अमेरिकी सेनाको हेलिकोप्टर हिउँ परेको उपत्यकामै अवतरण गर्न बाध्य भयो ।

जुन हेलिकोप्टमार जो बाइडेन पनि थिए । जतिबेला उनी सांसद थिए । जुन हिउँयुक्त उपत्यकामा अमेरिकी सेनाको हेलिकोप्टर अवतरण भएको थियो, त्यो सुरक्षाका हिसाबले निकै संवेदनशील थियो र त्यहाँ कुनै पनि बेला हमला हुन सक्थ्यो ।

तब अमेरिकी सरकारका केही अफगान कर्मचारीले जो बाइडेनसहित अन्य केही सांसदलाई सुरक्षित रूपमा फर्किन सहयोग गरेका थिए, तिनमा अमन खलिली पनि थिए । गत अगस्तमा अफगानिस्तान तालिबानले कब्जा गरेदेखि नै अमन खलिलीले आफ्नो भिसासँग सम्बन्धित समस्या समाधान गर्न र अफगानिस्तानबाट बाहिर निस्किनका लागि मद्दत गर्न अपिल गरिरहेका थिए ।

त्यसको झण्डै २ महिनापछि उनी सपरिवार अफगानिस्तानबाट बाहिरिन सफल भएका हुन् । योसँगै खलिली ती हजारौं अफगान नागरिकको सूचीमा परे, जसले तालिबान शासक बनेका कारण अफगानिस्तान छाडन उचित ठाने । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले अमन खलिली र उनको परिवार अफगानिस्तानबाट सुरक्षित निस्किन सफल भएको र अब उनीहरूले पाकिस्तानबाट आफ्नो यात्रा शुरु गरिरहेको जानकारी दिएका छन् ।

तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानी लडाकुले ती व्यक्तिलाई खोजिरहेको छ, जसले हिजोका दिनमा अमेरिकी सरकारलाई सहयोग गरेका थिए, यस्तो खबर आइरहको थियो । तर तालिबानले सुरुमा आफूमा बदलाको भावना नरहेको र आफ्ना विरोधीलाई कुनै कारबाही नगर्ने प्रतिबद्धता जनाएका थिए र तर पछि यो कुरा साँचो साबित भएको पाइएको थिएन । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७