मुगु दुर्घटना अपडेट : मृतक २८ पुगे, १५ घाइतेलाई नेपालगञ्ज पठाइयो


२६ आश्विन २०७८, मंगलवार
Mugu Accident1634039833

मुगु, २६ असोज । मुगु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । आज (मंगलबार) नेपालगञ्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरे लगत्तै छायाँनाथ रारा नगरपालिका–७ मा भीरबाट खसेको थियो । दुर्घटनामा परी मृत्यु भएका २८ जनाको शव निकालिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमनाथ महतले जानकारी दिएका छन् ।

प्रजिअ महतका अनुसार १५ जना गम्भीर घाइतेलाई हेलिकोप्टर र हवाइ जहाजबाट नेपालगञ्ज पठाइएको छ भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । ‘अहिलेसम्म २८ जनाको शव फेला परेको छ । प्रजिअ महतले सुनाए, ‘गम्भीर घाइते १५ जनालाई हेलिकोप्टर र हवाइ जहाजमार्फत नेपालगञ्ज पठाइएको छ । अन्यको खोजी जारी छ ।’ घाइतेको उद्धारका लागि प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका साथै सबै सुरक्षा निकायका प्रमुखहरु खटिएका छन् ।

बाँकेको नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको यात्रुवाहक बस वडा नम्बर ७ र ८ को सीमामा पर्ने घ्यारीखोलामा दुर्घटनामा परेको हो । छायाँनाथ रारा नगरकी उपप्रमुख सुन्तला रोकायाका अनुसार नेपालगञ्जबाट ७० जना यात्रु बोकेर बस गमगढीका लागि छुटेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७