चीनको सान्सी प्रान्तमा भिषण आँधी, १५ को मृत्यु, तीन जना बेपत्ता


२७ आश्विन २०७८, बुधबार
2021 07 21T020536Z 303055584 RC2QOO9BHTWW RTRMADP 3 CHINA WEATHER HENAN X6iNfrWGPr

काठमाडौं, २७ असोज । लगातार वर्षा र आँधीका कारण उत्तर चीनको सान्सी प्रान्तमा १५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

प्रान्तीय सरकारद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २ देखि ७ सम्म प्रान्तले सबैभन्दा शक्तिशाली शरदीय बाढीको अनुभव गरेको छ । उक्त वर्षा र आँधीका कारण त्यस प्रान्तमा १० लाख ७६ हजार मानिस प्रभावित भएका छन् भने १ लाख २० हजार एक सय जनालाई स्थानान्तरण गरिएको छ ।

यसैगरी ३ लाख ३७ हजार ७ सय घर भत्किएका भने २ लाख ३८ हजार ४६० हेक्टर जमिनमा लगाइएको बालीनाली क्षतिग्रस्त भएको छ । जसको कारण ७८० मिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षति चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७