दुर्लभ हतियार प्रदर्शन गर्दै अमेरिकाको नाम लिँदै नेता किमले भने– अजेय सैन्य शक्ति निर्माण गर्छौं


२७ आश्विन २०७८, बुधबार
North and South Korean leaders hold historic summit 12
North Korean leader Kim Jong Un, left, signs a guest book next to his sister Kim Yo Jong, right, inside the Peace House at the Peace House at the border village of Panmunjom in Demilitarized Zone Friday, April 27, 2018. North Korean leader Kim made history by crossing over the world’s most heavily armed border to greet South Korean President Moon Jae-in for talks on North Korea’s nuclear weapons. (Korea Summit Press Pool via AP)

काठमाडौं, २७ असोज । उत्तर कोरियाली नेता किम जोङ उनले अजेय सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।
हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै किमले सैन्य शक्तिलाई अहिलेको भन्दा पनि शक्तिशाली बनाउने घोषणा गरेका हुन् ।

आफ्नो सैन्य शक्ति अजय भए अमेरिकाले आफूहरुविरुद्ध कुनै तनाव पैदा नगर्ने उनले बताए । उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम अहिलेसम्म अमेरिकाले नचालेको आरोप समेत उनले लगाएका छन् । वाशिंगटन र सियोलकाबीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन्, ‘आफ्नो अजय सैन्य शक्ति निर्माणका लागि सञ्चालन हुने अभियान दक्षिण कोरिया, वाशिंगटन वा अरु कतैतिर लक्षित नहुने स्पष्ट पारेका छन् । ‘अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन,’ किमले भने ।

सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उत्तर कोरियाले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका छन् ।

सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ । कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरियाविरुद्ध लक्ष्यित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् । उनले अमेरिकाले गलत निर्णय र क्रियाकलापद्वारा तनाबको स्थिति सिर्जना गरिरहेको आरोप लगाएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७