कस्तो हाेला दशैंभरकाे मौसम ?


२७ आश्विन २०७८, बुधबार
sky clear

काठमाडौं, २७ असोज । कोरोना महामारी केहि मत्थर बनेका बेला भित्रिएको नेपाली चाड दशैं मनाउन सबै नेपालीले विभिन्न योजना बनाइरहेका छन् ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष दशैंमा आफन्तजनसँग भेटघाट गर्न नपाएका अधिकांश यस पटक सुरक्षाका उपाय अपनाउँदै आफन्तको भेटघाटका योजना बनाइरहेका छन् । तर, मौसमले साथ देला नदेला भन्ने संकोच पनि धेरैमा छ । मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे आजदेखि असोज २९ अर्थात् दशैं टीकाको दिनसम्मको मौसम कस्तो होला, पानी पर्ला कि नपर्ला भन्ने विषयमा अनुमान सार्वजनिक गरेको छ ।

जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज समेत ३ दिनसम्म मौसम यस्तो रहने अनुमान (नोट : मौसमविद्का अनुसार दिउँसो भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मलाई सम्झिनुपर्छ भने राति भन्नाले साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्मको अवधिलाई बुझ्नुपर्छ)–
असोज २७ (आज)
दिउँसो : देशको पहाडी भूभागमा आंशिक (आकाशको थोरै भागमा मात्र बादल, अरू खाली) बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रही पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

असोज २८
दिउँसो :
देशका प्रदेश नं १ , २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

असोज २९
दिउँसो : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति : देशका प्रदेश नं १, २, बागमती तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७