ओखलढुङ्गामा एक महिलाले गरिन् दशैंका बेला आत्मदाह


२७ आश्विन २०७८, बुधबार
agalagi fireing आगालागी 234545

ओखलढुङ्गा, २७ असोज । ओखलढुङ्गाको लिखुकी एक महिलाले आत्मदाह गरेर आत्महत्या गरेकी छन् । लिखु गाउँपालिका–३ की ३८ वर्षीया उर्मिला सुनुवार जोगीले आफ्नै शरीमा आगो लगाएर आत्मदाह गरेकी हुन् । उर्मिलाले गएको आइतबार नै शरीरमा मट्टीतेल खन्याएर आगो सल्काएर आत्मदाह गरेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार मृतकका श्रीमान दीर्गबहादुर जोगीकै अघि उनले शरीरमा आगो लगाएकी हुन् । दीर्घबहादुरले तत्कालै आगो निभाए पनि उनलाई बचाउन सकेनन् ।
गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले आत्मदाह गरेर आत्महत्या गर्नुको कारण खुलेको छैन । आर्थिक रुपमा विपन्न जोगी परिवारमा पारिवारिक कलह समेत रहेको स्थानीयले बताएका छन् ।

उनी शारीरिक र मानसिक रुपमा पनि कमजोर रहेकी गाउँलेहरुले बताएका छन् । एक महिना अघि पनि ओखलढुङ्गामै एक महिलाले आत्मदाह गरेर आत्महत्या गरेकी थिइन् । सिद्धिचरण नगरपालिका ७ टोड्केकी ४० वर्षीया मिनाकुमारी श्रेष्ठले गएको भदौ १४ गते शरीरमा डिजेल खन्याएर आत्मदाह गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७