साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै


२७ आश्विन २०७८, बुधबार
nepal 1 1

काठमाडौं, २७ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (बुधबार) नेपालले बंगलादेशसँग खेल्दैछ ।

यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे शुरु हुनेछ । बंगलादेशविरुद्ध बराबरी वा जितले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन ।

जारी प्रतियोगितामा समुह चरणका खेलपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । पाँच टोली सहभागी प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको माल्दिभ्सको पनि ६ अंक नै छ । भारत ५ अंकसहित तेस्रो स्थानमा छ भने बंगलादेश ४ अंकबाट चौथो स्थानमा छ । अन्तिम खेलमा भारत र माल्दिभ्स खेल्ने छन् । नेपालले यसअघि माल्दिभ्स र श्रीलंकालाई हराएको थियोभने भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७