सडक दुर्घटनामा मृत्यु भएकाको परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार हुन्छ : प्रधानमन्त्री


२७ आश्विन २०७८, बुधबार

काठमाडौं, २७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले पछिल्ला सडक दुर्घटनाका समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन् । उनले ती दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई उचित राहत र घाइतेहरूको उद्वार एवम् निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताएका छन् ।

साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवम् मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि सबैको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७