मोतीपुरको कर्फ्यु आजबाट हट्यो


२७ आश्विन २०७८, बुधबार
motipur lumbini

रुपन्देही, २७ असोज । रुपन्देहीको बुटवलस्थित मोतीपुर क्षेत्रमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आज (बुधबार) बाट हटाएको छ । मोतीपुर क्षेत्रको अवस्था सामान्य बन्दै गएपछि बुधबार बिहानदेखि कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न आएका स्थानीय र प्रहरीबीच गएको आइतवार झडप भएपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा कर्फ्यु लगाउँदै आएको थियो । प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए भने प्रहरी र स्थानीय गरी सयौं घाइते भएका थिए ।

झडपपछि स्थितिलाई नियन्त्रणमा लिन त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु लगाउँदै आएको थियो । स्थिति सामान्य भएपछि गए राति १२ बजेदेखि कर्फ्यु हटाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । मोतीपुर घटनामा मारिने मृतकका परिवारलाई लुम्बिनी प्रदेश सरकारले १–१ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । थप साढे ५ लाख रुपैयाँ परिवारलाई राहत प्रदान गर्न रुपन्देही प्रशासनले सङ्घीय सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७