ट्रकको ठक्करबाट एकको मृत्यु, ६ जना घाइते


२७ आश्विन २०७८, बुधबार

सुनसरी, २७ असोज । सुनसरीको इटहरीमा मंगलबार राति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । अन्य ६ जना घाइते भएका छन् ।

एउटा ट्रकले कार र सिटी सफारीलाई ठक्कर दिँदा सफारीमा सवार इटहरी ५ का २३ वर्षीय इश्वर राउतको ज्यान गएको हो । टाउकोमा चोट लागेका उनको उपचारको क्रममा विराट नर्सिङ होममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार गए राति पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले इटहरी ५ स्थित महेन्द्र राजमार्गमा प्र १–०२–२२३ ह १४३६ नं. को सिटी सफारीलाई ठक्कर दिएको थियो । भाग्ने क्रममा तीव्र गतिमा रहेका कारण इटहरी १६ बालग्राममा प्र ३–०१–०२४ च ९७२२ नं. को कारलाई समेत ट्रकले ठक्कर दिएको थियो ।

कारमा सवार रामधुनी ३ का ३० वर्षिय दीलिपकुमार चौधरी गम्भीर घाइते भएका छन् । घाइते भएका कार चालक स्थानीय ३० वर्षिय सन्दीप राउत, ३५ वर्षिय नगेन्द्र गुरुङ, रामधुनी ५ का २४ वर्षिय सौगात अधिकारी, ३५ वर्षिय सुमन मगर, सिटी सफारी चालक झापा दमक ७ बस्ने वर्ष ३४ को हेमन्त बिकको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७