दुई प्रहरी कमाण्डरको ‘क्विक एक्सन’: ‘बलात्कारी’ले ‘फलो’ गरिरहेका युवतीको तत्काल उद्दार


२७ आश्विन २०७८, बुधबार
SSP Tek Parsad Rai

काठमाडौं, २६ असोज : २५ सोमबार २०७८ वरिष्ठ संगीतकार शान्तिराम राई गहिरो निद्रामा थिए । बिहानको ३ बजे । छोरा स्वीकारले अत्तालिदैं ढोका ढकढक पार्छ । गहिरो निद्रमा रहेका शान्तिराम ‘के भयो ?’ भन्दै निद्रबाट कराए । छोराले भन्यो, ‘यहाँ हाम्रो करातेको एउटा बहिनिलाई तुरुन्तै रेस्क्यु हान्नु गनुपर्नेभयो । उ एउटा अज्ञात ठाउँबाट फोन गरिरहेको छ । अत्तालिरहेको छ । उसलाई त्यो ठाउँको नाम पनि थाहा छैन ।’

ती युवती मध्य पहाडी लोकमार्गको घुर्मी भन्ने ठाउँमा होटलमा बास बस्ने क्रममा ‘बलात्कृत’ हुनबाट जोगिएर राती भागेकी थिइन् । ती युवती जो दुई घन्टा भागेपछि झाडीमा लुकेर बचेकी थिइन् । शान्तिराम भन्छन्, ‘घुर्मी भन्ने ठाउँमा होटलमा बाँस बस्ने क्रममा रेप हुनबाट जोगीएर राती भागेको रहेछ, दुईघण्टा भागेपछि बल्ल एउटा ठुलो झाडीमा लुक्न पुगेछिन् । उसलाई त्यो डाईभरले फलो गरिरहेको छ । डाईभरले फोन गरेको गरेकै छ । होटलको मान्छे र त्यहाँको सबै उसको पक्षमा छ । पहिलो पटकको यात्रा हो मेरो, मलाई यो एरिया केही थाहा छैन । कुरा सबै सुनिसकेपछि म आफैं आत्तिएँ । बिहानको तीन बजिरहेको छ ।’

तत्काल उद्दार नगरिए डाईभरबाट पिडित हुने सम्भावना बाँकी नै थियो, किनभने डाईभरले फोन गर्दै खोजी गरीरहेका थिए ।यो आपतमा उनले सम्झिए एसएसपी टेकप्रसाद राई । प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी राईलाई शान्तिरामले फोन लगाए । शान्तिराम भन्छन्, ‘झट्टै दिमागमा एसएसपी टेकप्रसाद राईको याद आउँछ र डराई डराई कल गर्छु । उनले दुईरिंगमै फोन उठाउँछ । घटनाको बिवरण सुनाउँछु । उनले तुरुन्तै एक्सनमा उत्रिने बताउँछन् ।’

SSP 1
एसएसपी राई


एसएसपी राई अपरेशन र अपराध नियन्त्रणका नेपाल प्रहरीका सबैभन्दा काबिल उच्च अधिकृत हुन् । एसएसपी राईले तत्काल सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द थपलियालाई सम्पर्क गरे । एसएसपी राईले ‘सिन्धुलीको मुलकोटमा एक युवती झाडीमा लुकेर बसेको सूचना दिए । तत्काल उद्दार गर्ने निर्देशन दिए । संयोगले एसपी गोविन्दसहित सिन्धुलीका सिडियो सुरेश न्यौपाने खुर्कोटमै बास बसेका थिए ।

एसपी थपलिया स्वयम तत्काल मुलकोटतर्फ लागे । बिहानको झिसमिसे थियो । उनले ती युवतीलाई बारम्बार फोन गरे । उठाएनन् । त्यसपछि उनले आफू एसपी भएको मेसेज पठाए । अनि फोन गरे । ती युवतीले सानो स्वरमा बोल्दै आफू लुकेको ठाउँको लोकेशन बताइन् । ती युवती मुलकोटस्थित बास बसेको होटलभन्दा एक किलोमिटर टाढा गएर लुकेर बसेको अवस्थामा प्रहरीले फेला पार्यो । प्रहरीले भेट्दा ती युवती अत्यन्त डराएको अवस्थामा थिइन् ।

प्रहरीले फेला पारेपछि उनको यो अवस्था आउनुका कारणबारे प्रहरीले बुझ्ने काम गरे । तत्काल प्रहरीलाई आफूलाई बलात्कार गर्न खोजेपछि जोगिएर भागेर लुकेको जानकारी दिइन् । प्रहरीले ती युवतीलाई गाडीमा राखेर उनी बास बसेको होटल पुगिन् । त्यसबेलासम्म सो होटलमा ती युवतीसँगै बास बसेका गाडी चालक गाडी लिएर भागिसकेका थिए ।

उनीहरु खोटाङबाट आएर सिन्धुलीको मुलकोटस्थित होटलमा बास बसेका थिए । १८ वर्षीया ती युवती र चालक एउटै कोठामा बसेका थिए । बलात्कारको प्रयास गरेपछि युवती ती युवालाई झुक्याएर भाग्न सफल भएको प्रहरीलाई बताएका छन् । ती युवती खोटाङ नागरिकता बनाउन गएका थिए । नागरिकता बनाइसकेपछि उनका हजुरबुवा गाउँको घरतिर लागे भने ती युवती भने काठमाडौं जानका लागि भनेर बसपार्क पुगिन् ।

SP
एसपी थपलिया

सबै गाडी छुटिसकेको भन्दै काउन्टरबाट एउटा सुमोमा जान टिकट दिए । उनी सोही गाडीमा चढिन् । गाडी मुलकोट पुगेपछि ‘राति भयो, अब पुलिसले काठमाडौंतिर जान दिँदैन, यही बसौं’ भने । उनीहरु मुलकोटमै बास बसे । बास बसेको होटलमा ती युवतीमाथि ती चालकले बलात्कारको प्रयास गरेको ती युवतीको भनाइ उद्दृत गर्दै प्रहरीले बताएको छ ।

त्यसपछि झुक्याएर ती युवती एक किलोमिटर टाढा झाडीमा पुगेर लुकेर बसेकी थिइन् । ती युवतीले गाडी नम्बर पनि बताउन सकिनन् । प्रहरीले गाडी पत्ता लगायो । गाडी नियन्त्रणमा पनि लिइसकेको छ । तर, गाडी साउले तत्काल ड्राइभर परिवर्तन गरेको देखिएको छ ।

चालक को थिए ? भन्ने पनि प्रहरीले पत्ता लगाइसकेको छ । एसपी थपलियाले भने, ‘बलात्कृत हुनबाट जोगिएर भागेर लुकेर बसेकी युवतीलाई झाडीबाट राति नै उद्दार गरियो, गाडी नियन्त्रणमा आइसकेको छ । अब ती चालकको खोजी गरिरहेका छौं ।’

वरिष्ठ संगीतकार तथा गायक राईको स्टाटस

घटना २५ गते सोमवार २०७८ ( भरखर)छोरा स्वीकार अत्तालिंदै ढोका ढक्ढकाउँछ । किन के भयो ? गहिरो निन्द्राबाटै कराउँछु । यहाँ हाम्रो करातेको एउटा बहिनिलाई तुरुन्तै रेस्क्यु हान्नु पर्यो । उ एउटा अज्ञातठाउँबाट फोन गरिरहेको छ । अत्तालिरहेको छ । उसलाई त्यो ठाउँको नाम पनि थाहाछैन ।फोन नं माग्छु र कल गर्छु । घुर्मी भन्ने ठाउँमा होटलमा बासबस्ने क्रममा रेप हुनबाट जोगीएर राती भागेको रहेछ, दुईघण्टा भागेपछि बल्ल एउटा ठुलो झाडीमा लुक्न पुगेछ । उसलाई त्यो डाईभरले फलो गरिरहेको छ । डाईभरले फोन गरेको गरेकै छ ।

होटलको मान्छे र त्यहाँको सबै उसको पक्षमा छ । पहिलो पटकको यात्रा हो मेरो, मलाई यो एरिया केही थाहा छैन । कुरा सबै सुनिसकेपछि म आफैं आत्तिएँ । बिहानको तीन बजिरहेको छ । अब जतीसक्दो चाँडो उद्वार कसरी र कहाँबाट होला, मेरै दिमागले राम्रो काम गरिरहेको छैन । फेरि यस्तो खालको घटना मैले पत्रिकाहरुतिर पढेको र युट्युवहरुमा हेरेको मात्रै हो । आज आफैंले भोग्नु परिरहेको छ । अब जतिसक्दो चाँडो एक्सनमा जानु नै पर्छ नत्र त्यो बहिनिको ज्यान कुनैपनिबेला जानसक्छ ।

अत्यन्तै जोखिममा रहेको त्यो बहिनिको ज्यान बचाउन सक्छु कि सक्दिन मेरो अगाडी ठुलो चुनौती उभिएको छ किनकि एकै छिनमा त्यहाँ जे पनि घटना घट्न सक्छ ।बिहानको तीनबजे त मानिसहरु मस्तसंग सुतीनैरहेका हुन्छन् कसले पो फोन पनि उठाउला र तैपनि चिने जानेको मनले जितेको हिसाबले पहिला माननीय बिशाल भटराईलाई फोन गर्छु । स्विचअफ छ । त्यसपछि यातायात व्यवशायि समेत रहेका नेता देवान राईलाई फोन गर्छु उहाँको पनि स्विचअफ छ ।

उता फोन गरेर त्यो बहिनिलाई ढाडस पनि दिंदैछु – तिमी नडराऊ अब म सबै ठीक पार्छु र तिमीलाई लिन मै आउँछु । तिमी सुरक्षित संग त्यही झाडीमा लुकेर बस । झट्टै दिमागमा एसएसपी टेकप्रसाद राईको याद आउँछ र डराई डराई कल गर्छु । उनले दुईरिंगमै फोन उठाउँछ । घटनाको बिवरण सुनाउँछु । उनले तुरुन्तै एक्सनमा उत्रिने बताउँछन् । नभन्दै केही क्षणमै मलाई कलब्याक गरेर घटना सम्बन्धित सिन्धुलीका एसपी गोबिन्द थपलियाको हातमा पुर्याईसकेको र त्यो नानीको सकुसल उद्वार भैसकेको जानकारी गराउँछन् ।

म असाध्यै खुशी हुन्छु ।यति भईसक्दा बिहानको पौनेपाँच बजिसकेको हुन्छ । कन्फम गर्न त्यो बहिनिलाई फोन गर्छु तर उठाउँदैन । फेरि मनमा चिसो हुन्छ । एसपी गोबिन्द थपलियालाई फोन गर्छु – म कलाकार शान्तिराम राई बोल्दैछु । मेरो मान्छेको अवस्था के छ ? घटनालाई हामीले हाम्रो नियन्त्रणमा लिईसक्यौं अब हजुर ढुक्क हुनुहोस् । अब उज्यालो हुनै लागीसक्यो तैपनि बेडमा पल्टीएर सोचिरहेको छु । हे ईश्वर यी मानव प्राणीहरुलाई एकैचोटी सबैलाई यो धर्तीबाट मुक्तीदेऊ । अझै पापी र अपराधी कती बनाउँछौ ?? यतीकैमा त्यो बहिनिको म्यासेज आउँछ । भित्ते घडी यसो मुन्टो उठाएर हेर्छु बिहानको पौने छ बजेछ । Thank you sir, now im safe ….

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७