दशैंको कोशेली : मुस्ताङको स्याउ


२७ आश्विन २०७८, बुधबार
apple

बागलुङ, २७ असोज । चाडपर्वका बेला बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा एउटा चलन छ, ‘कोशेलीमा मुस्ताङको स्याउ’ । दशैंको बेला त मुस्ताङको स्याउको कोशेली झनै चल्छ ।

त्यसैले दशैंलाई लक्षित गर्दै मुस्ताङको स्याउ बजारमा आएको छ । उक्त स्याउ असोज १ गतेदेखि बिक्रीका लागि बजारमा ल्याइएको छ । रातो र सेतो रङको स्याउको बागलुङ, कुश्मा, बेनीलगायतका बजारमा बिक्री अत्यधिक बढेको छ ।

बजारमा मुस्ताङको स्याउको माग अत्यधिक छ । अहिले मुस्ताङको स्याउ काठमाडौं, पोखरा, बागलुङलगायतका सहरमा पठाउने गरिएको छ । बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ । दशैं तिहारको समयमा स्याउ पाक्ने भएकाले यसको खपत बढी हुन्छ । व्यापारीले मुस्ताङको स्याउ प्रतिकिलो रु २०० देखि रु २५० सम्ममा बिक्री गर्छन् ।

मुस्ताङमा एक हजार ४०० हेक्टर जमिनमा स्याउ लगाइएको छ । पाँच सय हेक्टर जमिनमा मात्र अहिले उत्पादन दिने बिरुवा तयार छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७