दशैंमा पनि धनगढीमा छैन व्यापार


२७ आश्विन २०७८, बुधबार
Dhangadhi1

धनगढी, २७ असोज । दशैंको समयमा सोचे जस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् । नेपालीहरुको महान चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहल–पहल नहुँदा सोचे जस्तो व्यापार नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।

चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपाली बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको हो । भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ । धनगढीका व्यापारी मदन कृष्ण भट्टका अनुसार विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गरे पनि कोरोना महामारीपछि व्यावसाय फस्टाउन सकेको छैन । उनले खुला सीमानाकाका कारण व्यवसाय नै चौपट भएको गुनासो गरे ।

व्यापारी भट्टले भने, ‘चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपाली बढेसँगै धनगढी बजारमा व्यापार घट्न थालेको छ, भारतीय वन गाउँमा भने नेपाली ग्राहकको भीडभाड बढेको छ, विगतमा धनगढी बजारमा चाडपर्वको समयमा निकै चहल–पहल हुने गर्दथ्यो, तर कोरोना महामारीपछि सोचे जस्तो व्यापार हुन सकेको छैन ।’

उपभोक्त अञ्जु घिमिरेले भने नेपालको बजारमा व्यापारीले आफूखुसी भाउ बढाएपछि दशैंको किनमेल गर्न बजार पसेका धनगढीवासी सीमापारी जाने गरेको बताइन् । उनले चाडवाड सुरु भए लगत्तै व्यापारीहरूले भाउ बढाउने गरेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७