राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीमा पूजापाठ


२७ आश्विन २०७८, बुधबार
bid Hmz0GZX7yN

काभ्रे, २७ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ठमीको अवसरमा आज (बुधबार) काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पूजापाठ गरेकी छिन् ।

राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट पाँचखाल पुगेकी भण्डारीलाई मन्दिर व्यवस्थापन समितिका प्रतिनिधिहरुले स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीले दोस्रो पटक मन्दिरमा दर्शन गर्न पुगेकी हुन् । उनले करिब १५ मिनेटसम्म मन्दिर परिषदमा पाठ पूजा एवं दर्शन गरेकी थिइन् ।

उक्त मन्दिर १७ सय वर्ष पहिले स्थापना भएको किवंदन्ती रहेको छ । काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएको विश्वास गरिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७